जिवित आत्माका स्वतन्त्रता र प्रेस

नरेन्द्र नाथयोगी

पृथ्वीमा स्वतन्त्रता (Freedom) जिवित प्राणी मानव (मानिस) देखि लिएर जिव जन्तु –जनावर (पशु पन्छी) जि आत्मा आदि सबै लाई चाहिन्छ । अर्थात निर्जिव वस्तुु बाहेक जिवित प्राणी सबैले आ-आफनो भाषा, संकेत, अवस्था, बुझाई, लेखाई गराईमा क्षमता, बुद्धि, विबेक, र आवश्यकता अनुसार स्वतन्त्रता चाहिन्छ । अनि हाँसी, खुशी, सुख, शान्ति, समृद्धि र सबै प्रकारका प्रगति तथा विकासका लागि सबै जिआत्माहरु स्वतन्त्रता प्रयोग गर्दछन् । त्यसमा पनि कसैले बोलेर, नबोलेर, कसैले चिन्तन मनन, कसैले सोचेर, कसैले लेखेर,कसैले चित्र, चिन्ह, संकेत, ईशारा, कलाकारिता, फिल्म प्रर्दशनी, सडक, संसद र संगत असंगत आदि आदिबाट स्तन्त्रता उपयोग र प्रयोग भएको पाईन्छ । त्यसमा पनि विज्ञान,प्रविधिको विकास गरेर, अनि कोही युद्ध, लडाई तथा वाक युद्ध गरेर, कोही डाँकु, अर्थात अनैतिक, गैर कानुनी काम,काटमार गरेर भए पनि जिवित आत्माहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वातन्त्रता उपयोग गरेको पाईन्छ । कोही रोएर रमाउन्छ, कोही हासेर, कोही सुतर, कोही नसुतेर, कोही गाएर, कोही नाचेर आदि आदि माध्यमबाट स्वतन्त्रता उपयोग गरेरको पाईन्छ । सारमा भन्दा जि—आत्माहश्रले जल (समुन्द्र र नदीमा माछा र अन्य जल प्राणी—जमिन—मानिस, जन्तु, पशु आदि) र जङ्खल चराचुरुङ्गी,जगंली जनावर आदि) बसेर, लुकेर, छिपेर आदि आदि प्रकारले स्वतन्त्रता उपयोग गरेको पाईन्छ । स्वतन्त्रता जिआत्मा र मानव प्राणीहरुका स्वाभाव, आचरण, वानी, व्यवहार रहन, सहन, संस्कार, संकृति, समाज, समुदाय र देश, भेषभुषा र प्राकृतिक प्रभाव (हावा, पानी, भुवनोट वा भुभाग र वातावरण आदि) वनोट अनुसार फरक फरक तरिकले प्रयोग गरेका पाईन्छ । विकसित, अविकसित मुलुक, समाज, समुदाय, जातजातीहरुमा यसको प्रयोग गएिको पाईन्छ । अझ भन्ने हो भने अमुर्त वस्त वा पर्दाथले पनि आफनै तरिकाले स्वतन्त्रा खोजि रहेको हून्छ । जस्तैः नदी, ढुङ्गा, समुन्द्र, सागर, खोला, पहाड् पत्थर । हावा, हुरी आधिवेरी तथा तुफानका पनि आ आफनै स्वतन्त्रताहरु हून्छन् । त्यस्रैले यहाँ विवेकशिल मानव प्राणीको मात्रै त्यसमा पनि कानुन, संविधान र मानव अधिकारले व्यवस्था गरिका केही बुँदा र धारा र दफाहरुको संक्षपमा यहाँ उल्लेख गरेर प्रेस स्वतन्त्रताबारे विवेचना गर्न खोजिएको छ ।

स्वतन्त्रता खोज्ने तरिकाहरु प्राणी पिच्छे फरक फरक हुन छन । कसैले बोलेर, लखेर, संकेत (इशारा) गरेर विवेक पूर्वक स्वतन्त्रता खोजि रहेका हुन्छन् । अनि मागि रहेका हुन्छन् । विवेकशिल भनाउदो मानिस (मानव) वाहेक जिवित प्राणी पशु पन्छी लगायतका जनावर सबैले आ आफनै तरिकाले स्तन्त्रता खोजिरहेका हुन्छन् । आ आफनै भाषा संकेत इशाराले स्वतन्त्रताको उपयोग गरि रहेका हुन्छन् । मानव समुुदाय र जिवित अन्य प्राणीले माग्ने र उपयोग गरि रहने स्वतन्त्रता फरक हाला । तर स्वतन्त्रता सबैलाई चाहिएको छ । स्वतन्त्रता सबै जिवित प्राणीका अवास्था अनुसार फरक फरक नै हुन्छन् । तर त्यसमा कसैले हस्तक्षेप, बाधा, अवरोध, नियन्त्रण र निषेध गर्नु हुदैन । गरे अवस्था विस्फोटक हुन्छ । अर्थात प्रतिरोधात्मक हुन्छ । अनि अन्याय बढ्छ ,अत्याचार बढ्छ । विद्रोह हून्छ । विद्रोह र संघर्ष नियन्त्रणमा लिन नसके समाजमा हिंसा, हत्या बढछन् । अनि मानव अधिकार ऐन,कानुनहरु उल्घंन हुन्छन् । अनि समाजमा अस्थिरता बढछ । त्य पछि कु. शासन बढ्छ । स्वतन्त्रता प्रयोग र उपयोग गर्दा कोही कसैले कसै माथि बाधा गर्ने, अवरोध पु¥याउने हस्तक्षेप गर्ने प्रभाव पार्ने र नियन्त्रणमा राख्ने जस्ता गति विधिहरु स्वतन्त्रताको नाममा हुन हुदैन । त्यस्तो कार्य गरेर स्वतन्त्रताको दुरपयोग हुुन (स्वतन्त्रता हनन) जान्छ भने अर्को तर्फ समाजमा अराजकता र निरङकुशता बढ्छ । यो सबै कुरामा ध्यान राख्दै उपयोग गरिने स्वतन्त्रता नै वास्तविक स्वतन्त्रता हुन्छ । निरन्तर रुपमा चलि रहने स्वतन्त्रता के हो ? शोषित पिडित समुह वा व्यक्तिले बाच्न (जिउन) को लागि सरकार वा राज्य समक्ष माग राख्न पाउनु उसको स्वतन्त्रता र आवश्यकता पनि हो । राज्य वा सरकारले त्यसको संबोधन गर्न सक्नुपर्छ ।

लेख्न वा कलम तिखार्न पाउनु पत्रकार (संचारकर्मिं) वा सचेत नागरिकको स्वतन्त्रता, अधिकार,दायित्व र कर्तब्य पनि हो । यी दुबै पक्षको समालोचना गर्न पाउनु त्यसको बारेमा लेख्न खोतल्न र उजागर (स्पस्ट) गर्नू पाउनु पत्रकारको धर्म मात्रै होईन प्रेस स्वतन्त्रता अन्र्तगतको अधिकार हो त्यसमा कसैले हस्तक्षेप अवरोध नियन्त्रण र निगरानी गरेमा स्वतन्त्रता एवं प्रेस माथि हस्तक्षेप मानिन्छ । अर्मूत नियन्त्रित र निर्देशित प्रेस स्वतन्त्रता स्वतन्त्रता होईन त्यो निंङकुशता हो । आजको यूगमा नियन्त्रित र निर्देशित स्वतन्त्रता चल्दैन् । लोकतन्त्र र गणतन्त्रको कभरमा प्रेस स्वतन्त्रता फस्टाउदैन । प्रेस स्वतन्त्रता न त मागी खाने भाँडौ हो न त सत्ता, भत्ता र कमजोरी ढाक छोप गर्ने अस्त्र हो । प्रेस स्वतन्त्रा दलहरुको न त रक्षा कवज हो न त विकृति र विसंगति लुकाउने पर्दा हो । प्रेस स्वतन्त्रताले न त अपराधीलाई संरक्षण दिन्छ न त प्रोत्साहन । प्रेस स्वतन्त्रता त्यो हो हस्तक्षेप , अवरोध र नियन्त्रण रहित ढंगले आफ्नो अधिकार दायित्व र कर्तव्य निर्भिकताका साथ तटस्थ र निष्पक्ष तरिकाले कुनै पनि विषय वस्तु सार्वजनिक महत्व र सरोकारका सम्बन्ध पत्रकार (संचारकर्मि) ले आफ्नो लेखनिय कला प्रस्तुत गर्न पाउने अधिकार प्रेस स्वतन्त्रता हो । स्वतन्त्रता भनेका कसैको हस्तक्षेप र अधिनमा नरही स्वतन्त्रत रुपले काम गर्न पाउने शक्ति एवं अधिकार हो । अतः स्वतन्त्रता भन्नाले मानव तथा निर्जिव प्राणीले कसैको हस्तक्षेप ,अधिन र अवरोध तथा नियन्त्रण विना स्वतन्त्रतापुर्वक उपयोग तथा प्रयोग गर्न पाउने शक्ति र अधिकार हो । अन्तरगत अभिव्यक्ति, वाक तथा लेखिय स्वतन्त्रता समेत पर्दछन् । प्रेस स्वतन्त्रता लेखिय स्वतन्त्रता अन्तर्गत पर्दछ । यसमा छापा र विधुतिय स्वतन्त्रतालाई समेटन सकिन्छ ।

विचार र अभिव्यक्ति स्वतन्त्रता यी दुबै स्वतन्त्रता मानव अधिकारका अभिन्न भाग हुन् । असली लोकतन्त्र पुर्व अभ्यासका रुपमा विचार र अभिव्यक्ति स्वतन्त्रता अनिवार्य शर्त हुन । कसैले विचार लेखेर प्रकट गर्दछ भने कसैले बोलेर । यी दुबै स्वतन्त्रताको फ्यूजनबाट नै लोकतन्त्र बलियो हुनजान्छ भने अर्को तर्फ मानव अधिकारको पूर्ण पालनाको अभ्यास शुुरु हुनजान्छ । विचार र अभिव्यक्ति स्वतन्त्रता बिनाका न त लोकतन्त्र फष्टाउन सक्छ न त मानव अधिकारको अभ्यास नै अगाडी बढ्न जान्छ । त्यसैले यी दुबै स्वतन्त्रतालाई विश्वका सबै संविधानमा मौलिक हकको रुपमा स्वीकारेको पाईन्छ । विबेकशील प्राणी (मानव) देखि लिएर अन्य जीवित प्राणीका लागि यी स्वतन्त्रता अनिवार्य भै सकेको छ । स्वतन्त्रताका सेनानी एवं सामाजिक सम्झौताका प्रतिपादक रुसोले मस्तिस्क हरण भएको व्यक्तिका लागि पनि यी दुबै स्वतन्त्रता उपभोग गर्न दिनु पर्ने मान्यता राख्द छन् । पुजिवादी लोकतन्त्रमा यो स्वतन्त्रता खुला हुन्छ तापनि यो स्वतन्त्रताको लागि अधिकार दिने काम कम हुने भएकोले त्यो व्यवहारीक हुन नसक्ने कतिपय विश्लेषक ठहर छ तर समाजवादी र साम्यवादी समाजका प्रतिपादकहरु वास्तविक रुपमा विचार र अभिव्यक्ति स्वतन्त्रताको प्राण बचाउने काम साम्यवादी व्यवास्थामा हुन्छ किन कि यस व्यवस्थामा आर्थिक स्वतन्त्रताको अधिकार हुन्छ । गाँस, बाँस र कपास बिना विचार र अभिव्यक्ति स्वतन्त्रता जिवित रहन सक्दैन । त्यसैले पहिले बाँच्न सिकौ अनि बोलौ विचार तथा अभिव्यक्ति स्वतन्त्रता बढी मान्याता दिदै कार्यान्वयन गरौ । यसलाई बलियो एवम सक्षम बनाउने उद्देश्यले विश्वव्यापि मानव अधिकार घोषणा–पत्र १९४८ को धारा (आर्टिकल) १८,१९ र २० बिचार तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा यस्तो उल्लेख गरेको छ । धारा १८ मा भनिएको छ प्रत्येक व्यक्तिलाई विचार सदविवेक तथा धर्मको स्वतन्त्रताको अधिकार हुने छ । यस अधिकारमा आफुले रोजेको धर्म वा आस्था परिवर्तन गर्ने स्वतन्त्रता र व्यक्तिगत रुपमा वा अरुसंग मिलेर तथा सार्वजनिक वा निजि रुपमा पुजा आजा नियम अभ्यास तथा शिक्षणमा आफ्नो धर्म वा आस्था प्रकट गर्न पाउने स्वतन्त्रता समेत समावेश हुनेछ भनिएको छ प्रेस स्वतन्त्रताको पूर्ण परिपालना गर्ने गराउने विषयमा जोड दिनको लागि धारा १९ मा भनिएको छ । प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ ।

यस अधिकारमा बिना हस्तक्षेप आफ्नो विचारहरु राख्न पाउने स्वतन्त्रता समानाको बन्देज बिना कुनै पनि माध्यम मार्फत सुचना र विचारहरु प्राप्त गर्न खोज्ने तथा प्रसार गर्ने स्वतन्त्रता समावेश हुने छ । त्यसै गरि धारा २० को (१) र (२) मा व्यवस्था भए अनुसार प्रत्येक व्यक्तिलाई शान्तिपुूर्वक सभा गर्ने र संगठनको स्वतन्त्रताको अधिकार छ । र कुनै पनि व्यक्तिलाई कुनै पनि संगठनमा लाग्न बाध्या गराउन सकिने छैन भन्ने कुरा मानव अधिकार विश्व व्यपि घोषण पत्र १९४८ मा उल्लेख छ । नेपाल अधिराज्यको संविधान २०७२ को भाग ३ मौलिक अन्र्तगत धारा १६देखि ४७ सम्म नागरिक स्वतन्त्रताको विषयमा उल्लेख गरेको छ । (क) विचार र अभिव्यक्ति स्वतन्त्रता (ख) शान्ति पूर्वक भेला हुने स्वतन्त्रता (ग) दल खोल्ने स्वतन्त्रता (घ) संघ र सस्था खोल्ने स्वतन्त्रता (ङ) आवत जावात र बसोवास गर्ने स्वतन्त्रता २(च) पेशा रोजगार उद्योग र व्यपार गर्ने स्वतन्त्रता लगायतका ४७ वटा मौलक हक तथा स्वतन्त्रता रहेको पाईन्छ । तर स्वतन्त्रता प्रयोग गर्दा सार्वभौम सत्ता अखण्डता,शान्ति अमचयन खलल पार्ने, जातजाती, सम्प्रदाय बीचको सम्बन्ध बिगार्ने, खलल, गर्ने गाली बेहजती वा अदालतको हिसा भड्काउने सार्वजनिक शिस्टाचार र नैतिकता प्रतिकुल हुने कार्य गर्नु हुदैन आदि । नेपालको संविधान २०७२ धारा १६ देखि ४७ सम्म ले व्यवस्था गरे अनुसार अभिव्यक्ति तथा विचार स्वतन्त्रतालाई निम्न विषयको इंबित गर्दछ ।
प्रत्येकलाई विचार स्वतन्त्रता

  • प्रत्येकलाई अभिव्यक्ति स्वतन्त्रता
  • प्रत्येकलाई भेला हुन स्वतन्त्रत
  • प्रत्येकलाई धार्मिक स्वतन्त्रता
  • प्रत्येकलाई संगठन गर्ने स्वतन्त्रता
  •  प्रत्येकलाई सधै संस्थामा आवृद हुने स्वतन्त्रता
  • प्रत्येकलाई दल खोल्ने स्वतन्त्रता
  • प्रत्येकलाई प्रत्येकलाइ घुमफिर तथा आवतजावत गर्ने स्वतन्त्रता
  • प्रत्येकलाई पेशा व्यवसाय र रोजगारको स्वतन्त्रता
  • प्रत्येकलाई सास्कृतिक स्वतन्त्रता
  • प्रत्येकलाई सूचना प्राप्त गर्ने ,खो िजगर्ने र प्रसार गर्ने स्वतन्त्रता
  •  प्रत्येकलाई पत्रकारको सुरक्षा गर्ने स्वतन्त्रता
  •  प्रत्येकलाई सार्वजनिक जीवनमा भाग लिने अधिकार स्वतन्त्रता
  •  प्रत्येकलाई आस्था राख्न र परिवर्तन गर्न पाउने स्वतन्त्रता

 प्रत्येकलाई सभा सम्मेलन गर्न पाउने स्वतन्त्रता आदि माथि उल्लेखित स्वतन्त्रता उपयोग गर्नका लाागि हस्तक्षेप बाधा, अवरोध, नियन्त्रण र निगरानी कोही कसैबाट हुन हुदैन ।

प्रेस स्वतन्त्रता
राज्य वा सार्वजनिक अधिकारको हस्क्षेप बिना मुन्दण र प्रकाशन गर्न पाउने अधिकार प्रेस स्वतन्त्रता हो अर्थात राज्य वा सरकारद्धारा गरिने स्वेच्छाचारी नियन्त्रणबाट स्वतन्त्रता पाउनु प्रेस स्वतन्त्रता हो । मुन्दण वा प्रकाशन गर्नु पूर्व विना बदेज छाप्न वा प्रकाशन गर्न पाउनु पनि प्रेस स्वतन्त्रता हो । अर्थात कानूनी परिणामको अधिन वा निर्देशन स्वतन्त्रता हो असल नियतमा बिना रोक थोक हस्तक्षेप र निगरानी सत्य तथ्य सूचनाको संप्रेषण पाउने अधिकार नै प्रेस स्वतन्त्रता हो ।यस अन्तर्गत सूचना प्राप्त गर्ने मुन्दण वा प्रकाशन गर्ने ,सूचना सम्बन्धी अति आवश्यक सामाग्री र सुविधा पहुच राख्ने सूचना वितरण गर्न खोज्ने प्रकाशित समाचार वितरण गर्ने प्रचार प्रसार पाउने अधिकार प्रेस स्वतन्त्रता हो । यो सबै अधिकार एवं स्वतन्त्रताहरु बिना हस्तक्षेप निगरानी निर्देशन र बाधा अवरोध छाप्न , प्रकाशन गर्न र प्रचार प्रसार गर्न पाउने स्वतन्त्रता यस अन्तर्गत पर्दछ । साराशंमा भन्ने हो भने प्रेस स्वतन्त्रता सरकारी वा गैर सरकारी निकाय वा अधिकारीको हस्तक्षेप बिना सूचना संकलन र प्राप्त गरि संप्रेषण मून्दण र प्रकाशन गर्न पाउने अधिकार नै प्रेस स्वतन्त्रता हो । नेपाल अधिराज्यको संविधान २०६३ को धारा १९र २७ मा संञ्चार सम्बन्धी(छापा खाना तथा प्रकाशन एवं सूचना प्राप्त गर्ने) अधिकार अन्तर्गत प्रेस स्वतन्त्रताको व्यवस्था गरिएको छ । त्यस्तै गरि मानव अधिकार घोषणा पत्र १९४८ को धारा १९ मा पनि सूचना प्राप्त गर्न पाउने र संप्रेषण गर्न पाउने अधिकारको व्यवस्था गरि प्रेस स्वतन्त्रतालाई वढवा दिएको छ । प्रेस स्वतन्त्रता सम्बन्धित संविधानका धारा १५ मा भनिएको छ । प्रकाशन प्रसारण तथा छापा खाना सम्बन्धि हक (१ं) विद्युतीय प्रकाशन प्रसारण तथा छापा खाना लगायतका अन्य जुनसुकै माध्यमबाट कुनै समाचार सम्पादकिय लेख रचना वा अन्य कुनै पाव्य क्षव्य दृश्य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाईने छैन । तर नेपालको सविभौमसत्ता वा अखण्डता वा विभिन्न जात ,जाति वा सम्प्रदाय बीचको सुसम्बन्ध खालल पर्ने राजद्रोह गाली बेइजजती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकता प्रति कुल हुने कार्यमा मुनासिब प्रतिबन्ध लगाउने गरि कानून बनाउन रोक लगाएको मानिने छैन ।
(२) कुनै श्रब्य श्रब्यदृश्य वा विद्युतीय उपकरणको माध्यमबाट कुनै सामाग्रीको प्रकाशन तथा प्रसारण गरे वा छापेवापट त्यस्तो सामाग्री प्रकाशन तथा प्रसारण र्गो वा छाप्ने रेडियो ,टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय, छापा वा अन्य संभार माध्यनलाई बन्द, जफट वा दर्टा खारेज गरिने छैन ।
(३) कुनै समाचार लेख सम्पादकिय रचना वा अन्य कुनै पाठय सामाग्र्री मुन्दण वा प्रकाशन गरे वापत कुनै समाचार, पत्रिका वा छापाखाना बन्द जफत वा दर्ता खारेज गरिने छैन ।
(४) कानून बमोजिम बाहेक छापा, विद्युतिय प्रसारण तथा टेलिफोन लगायतका संचार साधनलाई अवरुद्ध गर्न सकिने छैन । संविधानको धारा २७ मा सूचना हक अन्तर्गत प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ। प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुने छ तर कानून द्धारा गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन। मुन्द्रण तथा प्रकाशन एवम प्रेस स्वतन्त्रताले प्रभावकारी बनाई सूचनाको हकलाई प्रत्याभुति दिने उद्देश्यले सरकारले सूचना आयोगले गठन गरी सूचना हक सम्बन्धि ऐन २०५५ र नियमावलीको व्यवस्था गरेको पाईन्छ । उक्त ऐन तथा नियमावलिले सूचना प्राप्त गर्न पाउने र त्यस्तो अधिकारबाट बन्चित गर्ने अधिकारी वा निकायलाई कानूनी दायरामा ल्याउने जस्ता व्यवस्था गरेर प्रेस स्वतन्त्रतालाई वढावा दिन खोजेको पाईन्छ । यो माथि उल्लेखित प्रावधानहरुको व्यवाहारीक कार्यन्वयन र अनुगमन गर्ने प्रक्रिया प्रभावकारी देखिदैन ।
प्रेस स्वतन्त्रताको योगदान

  • प्रेस स्वतन्त्रता अन्तर्गत अभिव्यक्ति स्वतन्त्रताले खुला (स्वतन्त्र) समाज निर्माण (विकास) मा निम्न तरिकाले योगदान पु¥याउद छ ।
  • लोकतन्त्रमा नागरिकलाई सक्षम सवल र सचेत गर्ने कार्यमा समाचार र विचार प्रवाह गर्ने स्वतन्त्रताको महत्वपूर्ण योगदान हुन्छ ।
  • आम नागरिक स्वतनत्रता उपयोगले डास मनोबृतिबाट टाढा राख्ने कुरामा सजक र सर्तक बनाउद छ ।
  • यसमा विचार तथा तर्कलाई महत्व दिईने भएकोले असल (सभ्या) समाजको निर्माण हुन गई लोकतन्त्र सहि उपयोग गर्न सकिने हुन्छ ।
  • यस स्वतनत्रताले राज्य वा सरकारलाई स्वइच्छा चारी बन्ने प्रवृतिबाट सजक बनाउछ ।
  • राज्य वा सरकारलाई शक्तिको दुरपयोग गर्न बाट सचेत गर्नका साथै शक्ति लुकाउने र नियन्त्रण गर्ने प्रवृतिको अन्त्य गर्दछ ।
  • राज्य वा सरकारको निर्रकुश एवम स्वच्छाचारी प्रवृतिको बिरुद्ध लड्ने शक्ति प्रेस स्वतन्त्रताले प्रदान गर्दछ ।
  • राज्य वा सरकार बिरुद्ध हुने गोप्य गतिविधि र सरकारले कसै बिरुद्ध गर्ने कार्यको गोप्यता प्रेस स्वतनत्रताले सार्वजनिक गर्दछ भने समाजलाई सार्वजनिक सरोकारको विषय प्रति सचेत गराउद छ ।
  • गलत सूचना र कार्यको प्रवाह बिरुद्ध लड्ने शक्ति तयार गर्ने सशक्त माध्यम स्वतन्त्रत प्रेस नै हो ।
  • नागरिकलाई आफ्नो हक अधिकार र सुविधा प्रति सचेत एवम जागरुक बनाउने काम प्रेस स्वतनत्रता गर्दछ ।
  • समाजमा लुकि छिपि रहेका घट्ना वा विषय वस्तुका बारे जानकारी गराउने कार्य प्रेस स्वतन्त्रताले गर्दछ । अत प्रेस स्वतन्त्रता सबै स्वतन्त्रताको जनजी(मुटु) मानिन्छ । लोकतान्त्रिक अभ्यासको मापन गर्ने पूर्व आवश्यक्ताको रुपमा प्रेस स्वतनत्रतालाई लिने गरिन्छ ।

यस बिना खुला र पारदर्शि समाजको निर्माण हुदैन । तापनि प्रेस स्वतन्त्रता स्वयंम साध्य नभई स्वतन्त्रत समाज निर्माण गर्ने साधन हो । कानूनी राज्यको प्रबर्दन लोकतन्त्रतको सम्बर्दन र नागरिक अधिकार प्रत्यभुति गर्ने कार्य प्रेस स्वतन्त्रताले गर्दछ । यसले सार्वजनिक विचार (मत) अभिव्यक्तिको सुचक वा समाजको पहरेदारको रुपमा काम गर्दछ । यसले जनमतलाई परिचालन गर्ने र सरकारलाई सचेत गर्ने महत्वपूर्ण साधनको रुपमा भुमिका निर्वाह गर्दछ । तथा प्रकाशन स्वतन्त्रताको अभावमा लोकतन्त्रत बलियो हुन सक्दैन । त्यसैले यसले स्वतन्त्रत निष्पक्ष र निर्भिक भए बिना हस्तक्षेप समाचार प्रकाशन र संप्रेषण गर्ने वातावरण राज्यले प्रेसलाई दिनु पर्छ । त्यसैले सामाचार पत्र बिना सरकार हुन नसक्ने र सरकार बिना समाचार बन्न नसक्ने भएता पनि सामाज र आम नागरिक प्रति सचेत रुपमा जिम्मेवार हुन नसक्ने सरकार र समाचार पत्रको कुनै महत्व रहदैन । स्वतनत्रत एवम निषपक्ष राज्य र न्याय प्रतिका लागि जनता सुचित नभएसम्म र उनीहरु सार्वजनिक समस्यामा सहभागी नभए सम्म राज्यको अर्थ नहुने र समाचारको पनि महत्व नरहने हुन्छ । त्यसैले भनिन्छ प्रेस स्वतनत्रता जनताको संरक्षक तथा अधिकार प्रति सचेत गराउने शसक्त प्रभावकारी हतियार हो । सार्वजनिक अधिकारी वा निकाय जनता द्धारा नियन्त्रित हुनु पर्छ । न की अधिकार द्धारा राज्य वा सरकारका निति कार्यक्रम एवम राज्यकै विकास प्रक्रियालाई वास्तविक्ता तर्फ लैजाने र गलत क्रियाकलाप सुधार्ने साधन प्रेस स्वतन्त्रता हो ।