नेपाल एरलाइन्सको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने

१० असाेज २०७९ काठमाण्डाैं । नेपाल वायुसेवा निगमले आजबाट नेपाल एरलाइन्सको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले Internet Booking Engine ( IBE) मार्फत टिकट बुकिङ गर्न सकिने बताएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उद्घाटन गरि सन्चालनमा ल्याईएको छ । निगमले अन्तर्राष्ट्रिय सेक्टरहरुमा टिकट बुकिङ सुरु गरेको छ ।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ,क्वालालापुर, बैंकक, नारिता र रियादमा जादा आफै अनलाइन टिकट बुकिङ गर्न सकिने छ । टिकट बुकिङ गर्न निगमको वेवसाइट www.nepalairlines.com.np बाट टिकट बुकिङ गर्न सकिने बताएको छ ।

प्रेस बिज्ञप्ती