१० चैत्र २०७८, नेपालगंज । प्रेस सेन्टर नेपाल नेपालगन्ज शाखाकाे पहिलो बैठक तथा प्रशिक्षण बाँकेकाे सेतुविक चाेक नजिकै हाेटल पिस पलाजामा सम्पन्न भएकाे छ आज बसेको पहिलो पुर्ण बैठकबाट विभिन्न निर्णयहरु गरेको छ । संगठनका अध्यक्ष चन्द्र बाेहराको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा २३ वटा वडामै प्रचार प्रसरका कामलाई सशक्त रुपले अगाडि बढाउने प्रतेक वडाकाे रिपोर्टिङ गर्ने लगाएतका निर्णय गरेकोे छ ।
बैठकले संगठनको कार्यालय स्थापना गर्न नगर पटीसंग परामर्श गर्ने पनि निर्णय गरेको छ । संगठनले सबै पदाधिकारी तथा साधारण सदस्यहरुको परिचयपत्र बनाउने, सदस्यता नयाँ दिने, लगायतको निर्णय गरिएको अध्यक्ष बाेहराले बताउनुभयो । नगरकाे पहिलो बैठकमा प्रशिक्षण पनि दिएकाे छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारी २३ वडाका वडा कमिटी अध्यक्ष हरु पाटीका जनबर्गिय संगठनहरु प्रमुख लगाएत लाई साेसल मिडिया र समचारका बारेमा प्रशिक्षण दिईएकाे थियोे ।
उक्त कार्यक्रमकाे प्रमुख अथिति माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष रतन बहादुर शाहीले गर्नुभएको थियाे बिशिस्ट अथिति प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेस सचिव आलम खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल सह सचिव केपि घिमिरे , माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका कमिटीकाउपाध्यक्ष गाेपाल पुन,तरा प्रसाद खत्री , (प्रमेस) सचिव प्रेम शाह, सह सचिव नन्दलाल वैश्य, काेषाध्यक्ष कस्मिरा खातुन लगाएतकाे उपस्थिति रहेकाे थियोे ।
बिहानीको तारा । १० चैत्र २०७८, बिहीबार २२:२७