१० मंसिर २०८० नेपालगंज । नेपालगंजकाे धम्बोझी चाेक नजिकै ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु भएकाे छ । आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी नेपालगन्ज उप-महानगरपालिका वडा १७ बस्ने १७ वर्षीया शालिनी पाठकको मृत्यु भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।
ट्याङ्करको ठक्करबाट घाइते हुनुभएकी पाठकलाई उपचारका लागि भेरी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ डाँगीले जानकारी दिनुभयो । मोटरसाइकललाई ठक्कर दिने उक्त ट्याङ्कर र ट्याङ्करका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहानीको तारा । १० मंसिर २०८०, आईतवार २०:०७