प्रतिनिधिसभाको बैठक स्थगित

५ भदौ  २०७९ काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन ।

अब बैठक स्थगित हुने औपचारिक जानकारी सचिवालयले गराउँदैछ । उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जली सभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।