२६ माघ २०७९ बाँके । राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमका टावरकाे स्तरउन्नती गर्नका साथै थप नेपाल टेलिकमका टावरहरु राख्न मन्त्री नमुनाको निर्देशन दिएकी छन । सो क्रममा उहाँले निमित्त कार्यालय प्रमुख शिव खनाल लगायतका विभिन्न शाखाका प्रमुखहरुसँग राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित प्रदेशभरी नै कसरी गुणस्तरीय टेलिफोन सेवा पुर्याउन सकिन्छ भन्नेबारे छलफल गर्नुभएको थियो ।
‘मेरो निर्वाचन क्षेत्रसहित प्रदेशभरी नै कसरी गुणस्तरीय सञ्चार सेवा आम नागरिकलाई पु¥याउँन सकिन्छ भन्नेबारे छलफल गरेकी छुँ’ मन्त्री नमुनाले भन्नुभयो, ‘राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टावरहरुको स्तरउन्नती र केही स्थानमा नयाँ टावरहरु थप्ने विषयमा छलफल भयो ।’ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको चप्परगौडीदेखि दाङको सीमा शिवखोलासम्म टेलिफोन नेटवर्कले काम गर्नेगरी छलफल थालिएको उहाँले बताउनुभयो । ‘अहिले राजमार्ग क्षेत्रमा फोनले काम नगर्ने समस्या रहेको छ ।
यसले यात्रु तथा दुर्घटना भैहालेका उद्दारको लागि तत्काल सम्पर्क गर्न गाह्रो हुन्छ’ उहाँले भन्नुभयो, ‘कम्तीमा पनि यो क्षेत्रको राजमार्गमा टेलिफोनले काम गर्ने वातावरण बनाउन लागिपरेकी छुँ ।’ आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा समेत गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा पु¥याउन लागिपरेको मन्त्री नमुनाले बताउनुभयो । दुई पालिकाका केही स्थानमा नेपाल टेलिकमका नयाँ टावर थप गर्ने र अहिले भएका टावरहरुको स्तरउन्नती गर्नेगरी प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । ‘राप्तीसोनारी र नरैनापुरमा केही नयाँ टावर राख्ने र अहिले भएका टावरलाई स्तरउन्नती गरेर टेलिफोन सेवा राम्रो बनाउने प्रक्रिया सुरु भइसकेको छ’ मन्त्री नमुनाले भन्नुभयो, ‘त्यसै अन्तर्गत केन्द्रीय कार्यालयमा छलफल गरिसकेपछि प्रादेशिक कार्यालयमा छलफल गरेकी हुँ ।’
गणेश पौडेल । २६ माघ २०७९, बिहीबार २१:१२