३० साउन२०७९ काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । त्यसपछि सरकारलाई मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको सरुवापछि रिक्त अर्थसचिवको पदमा पुष्करलाई सरुवा गरिएको हो ।
बिहानीको तारा । ३० श्रावण २०७९, सोमबार १७:१५