नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट


१८ फागुन २०७९ काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।

सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् । यसअघि नेपालका लागि करण केसीले पहिलो ओभरमा नै विकेट लिएका थिए ।