
३१ असार २०७९ नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडा सचिव(अधिकृत छैठाैं) द्रोर्ण बोहरालाई बिदाई गरिएको छ ।
वडामा साढे दुई वर्षदेखि वडा सचिव (अधिकृत छैटौं) पदमा कार्यरत थिए । सचिव बोहरालाई वडाअध्यक्ष गोविन्द रेग्मी, वडा सदस्यहरु सिमा केसी, मिना नेपाली, ज्ञानबहादुर लामा, नेपाली कांग्रेस नेपालगन्ज ९ का निर्वतमान वडा सदस्य अकबर शेष, निर्वतमान वडा सदस्य रमेश तिमिल्सेना, कर्मचारी औपचारिक रुपमा बिदाई गरेको हो ।
उनलाई मायाको चिनोसहित खादा र माला लगाएर बिदाई गरिएको थियो । वडासचिव बोहरा कोहलपुर नगरपालिकामा सरुवा भएर गएका छन् ।



बिहानीको तारा । ३२ असार २०७९, शनिबार १३:४१