वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश

२९ पुष २०७९ काठमाण्डौं । वामपन्थी नेता  घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । घनश्याम भुसाल गत असोजमा नेकपा एमाले परित्यग गरी रुपन्देही -१ बाट (स्वतन्त्र) निर्वाचन लडेका थिए । नेकपा एमालेका सचिव छबिलाल बिश्वकर्मा सँग पराजित भए ।

भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भुसाल नेकपा एमालेमा माधव कुमार नेपाललाई साथ दिदै आएका नेता हुँन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेकपाको स्थायी कमिटी सदस्य थिए । नेकपाको अन्तरसंघर्षमा प्रचण्ड-माधव लाई साथ दिएका थिए ।

केपी ओलीले गरेको संसद बिघटनको बिपक्षमा उभिएका भुसाल बि.स. २०७७ फागुन २३ गते सर्बोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गरे लगतै नेकपा एमालेमा भएको अन्तसंघर्षमा माधव कुमार नेपाललाई साथ दिएका भुसालले अन्तत माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दा साथ दिएन उनी नेकपा एमालेमै बस्ने निर्णय गरेर केपी ओली लाई नै सच्चिन आग्रह गर्दै आएका भुसाल नेकपा एमालेको १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

नेकपा कालमा केपी वलीको आलोचना गरेका कारण भुसाललाई वलीले किनारा लगाउन चाहान्थे, भुसाल पार्टीमा फरक मत राख्ने भएका कारण पनि केपी वलीले गत निर्वाचनमा टिकट नदिने निर्णय गरे लगतै नेकपा एमाले परित्य गरेका थिए ।

भुसाल रुपन्देही -१ बाट (स्वतन्त्र) निर्वाचन लडे उनलाई माओवादी केन्द्रले उक्त क्षेत्र छोडेको थियो । बामलोकतान्त्री गठबन्धन समर्थनमा निर्वाचन लाडेका भुसाल निर्वाचनमा एमालेका छबिलाल बिश्वकर्मा सँग पराजित भए । पार्टी बिहीन भएका भुसाल बामपन्थी बैचारीक नेता तथा नेपालका बामपन्थीहरु लाई एकता बद्ध गर्न अग्रसर छन ।