- सन्ताेष कुमार बिष्ट
२४ फागुन २०७८ नेपालगंज । आज देश भर “सामाजिक न्याय र लैङ्गिक समानता: दिगो बिकासको सुनिश्चितता ” नारीहरुमाथी हुने सबै खाले हिंसा बन्द गरौँ भन्ने नारा सहित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गरी बनाएका छन । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
यस्तै आज नेपालगंजकाे बिपी चाेकमा दिप प्रज्वलन गरी नारी दिवस मनाईएकाे छ । उक्त कार्यक्रममा बिभिन्न संघ संस्था प्रतिनिधहरुकाे उपस्थिति भएकाे ज्ञान नेपाल संस्था प्रतिनिधि सपना बिष्टले जानकारी दिनु भयाे । याे बर्ष नारी दिवसमा त्यस्ताे औपचारीक कार्यक्रम नभएकाे हुँदा कतै फेरी नारी प्रति सराेकारवाला निकायले बिभेदकारी निती अवलम्बन त गरीएन भनी आशंक समेत ब्यत्त गर्नु भयाे । अहिले महिला हिंसा कुनै न कुनै रुपले भैईरहेकाे समेत बताउनु भयाे ।
बिहानीको तारा । २४ फाल्गुन २०७८, मंगलवार २१:३५