
काठमाडौं । डेंगु संक्रमणका कारण टेकु अस्पतालमा उपचाररत २४ वर्षीय युवकको मृत्यु भएको छ। यसवर्षको यो पहिलो मृत्यु हो। हालसम्म ७४ जिल्लामा २,९५२ जनामा संक्रमण पुष्टि भएको छ। बागमतीमा सबैभन्दा बढी २९८ संक्रमित भेटिएका छन्।
विज्ञका अनुसार डेंगु एडिस जातका लामखुट्टेको टोकाइबाट सर्छ र सफा पानी जम्ने स्थानमा अण्डा पार्छ। नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियान’ प्रभावकारी भए पनि नागरिक स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ। ज्वरोपछि २४–४८ घण्टा क्रिटिकल मानिने भएकाले रक्तस्राव, रक्तचाप घट्ने, वा अन्य जटिल लक्षण देखिए तुरुन्त अस्पताल जान सिफारिस गरिएको छ।



बिहानीको तारा । ३० श्रावण २०८२, शुक्रबार १३:४०