मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु

२६ असार २०७९ नेपालगंज  । नेपालगंज  १४ स्थित मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । नेपालगंज  उप-महानगरपालिका वडा नम्बर ११ का चुन्नु जसगढका छोरा १४ बर्षीय अल्तमस जसगढको आज मध्यान्ह १२ बजे तिर मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न मेरो प्लानेटका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।