यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ


२९ वैशाख २०८०काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ परेका छन् । राई खोटाङबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ‘शुभद्रा मदन फाउन्डेसन’मा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

“मौखिक र लिखित उजुरी परेपछि हामीले राईलाई पक्राउ गरेका हौँ,” जिल्ला प्रहरी कार्यालयका डीएसपी मञ्जिल मुकारुङले भने । उनका अनुसार राईलाई फाउण्डेसनबाटै पक्राउ गरिएको हो ।