स्थानिय निर्वाचन केन्द्रित माओवादी केन्द्र नेपालगंज

२१ फाल्गुन २०७८ नेपालगन्ज। स्थानिय निर्वाचन केन्द्रित माओवादी केन्द्र नेपालगंजले  संगठन सुदृढ तथा जनपरिचालन अभियान लाई तीब्रता दिएकाे छ । उप-महानगरपालिका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी नेपालगन्जले विभिन्न ३ वटा कमाण्डमा परिचालित गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयाे। ३ वटामा पार्टीको उप-महानगर कमिटीका उपाध्यक्ष बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुनको नेतृत्वमा तीनवटा टोली परिचालित गरिएको छ । शनिबार गोपाल पुनको नेतृत्वमा रहेको टोलीले नेपालगन्जको १८ नम्बर वडामा वडा पार्टीको विस्तारित बैठक बसेर वडामा अभियान शुरु गरिएको वडा अध्यक्ष परमेश्वर डिसीले जानकारी दिए । डिसीका अनुसार, बैठक पश्चात् आजै सिजा नेपालीको नेतृत्वमा ११ सदस्यीय बिशाल टोल कमिटी गठन गरिएको छ ।

विस्तारित बैठकलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गेहराज रिजाल (नबिन शर्मा), प्रदेश सल्लाहकार काली बहादुर धिताल, माओवादी नेपालगन्ज उप-महानगर कमिटी अध्यक्ष रतनबहादुर शाही, उपाध्यक्ष  गोपाल पुन, नेता आदेश अग्रवाल,अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य प्रेमलाल सापकोटा, नेपाल उद्योग व्यापार संगठन बाँके अध्यक्ष तेज रेग्मी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका पुर्व जिल्ला अध्यक्ष खेमबहादुर केसी लगायतले सम्बोधन गरेका थिए ।