राप्तीनदीमा हुम्ला सिमिकाेट ८ का दुईजना युवा डुवेर मृत्यु

२६ जेठ २०७९ नेपालगंज । बाँकेको राप्ती नदीमा डुवेर दुई जनाको मृत्यु भएको छ । हुम्ला, सिमिकोट गाउँपालिका–८ घर भइ हाल नेपालगन्ज–१ धम्बोझीमा कोठा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र सोही ठाउँ निवासी वर्ष १८ कै लेकराज छन्त्यालको राप्ती नदीमा डुवेर मृत्यु भएको हो । उनीहरु बुधबार घरबेटीको मलामीका लागि राप्ती नदी गएका थिए । नुहाउनेक्रममा उनीहरु नदिमा डुवेर वेपत्ता भएका थिए ।

उनीहरुको बिहीबार बिहान खोजी गर्दा राप्ती नदिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुबै जना नेपालगन्जको धम्बोझी मा.बि.बाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए ।