
१९ भदाै २०७९ जुम्ला । नेकपा (माओवादी केन्द्र) निकट अखिल (अक्रान्तीकारी)का नेता मिनराज आचार्यले जुम्ला प्रदेश ‘ख’ बाट आफुले उम्मेदवारी दिने बताएका छन । सामाजिक संजालबाट आफु पनि उम्मेदवार हुन योग्य भएकाे र युवालाई उम्मेदवार बनाउन समेत जाेड दिएका छन । अखिल (अक्रान्तीकारी) जुम्लाका निवर्तमान अध्यक्ष र कर्णाली प्रदेश समिति सचिव आचार्य कर्णालीका बौद्धिक युवामा गनिन्छन ।
कानुन बिषयमा स्नातक हासिल समेत गरेका छन । कर्णाली प्रदेश कानुन विद्यार्थी समाजका अध्यक्ष आचार्य अधिवक्ता हुन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘जुम्ला प्रदेश “ख” बाट प्रदेशसभा सदस्यमा हाम्रो पनि उम्मेदवारी दावी छ । योग्यता ज्ञान र योगदानको कदर होस। बालेन,हर्क भन्नेले आफ्नो पार्टी भित्रका योग्य युवाहरुलाई पाखा लगाउन मिल्दैन नत्र बिद्रोह हुन्छ।’



बिहानीको तारा । १९ भाद्र २०७९, आईतवार १४:२९