नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै

३ जना कोरोना सङ्क्रमित भेन्टिलेटरमा, ११ जना आईसीयूमा

०२ बैशाख २०८० काठमाडौँ । देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा ४५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ पुगेको छ । हाल ३२ जना संस्थागत आइसोलेसनमा ११ आईसीयू तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १५ हजार ८७ जनाले कोरोविरुद्धको खोप पनि लगाएका छन् ।