२० जेष्ठ २०७९ नेपालगंज । नेपालगन्ज उपमहानगरपालिकका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्ने बताउनुभएको छ । नेपालगन्ज साइक्लिङ क्लबले विश्व साइकल दिवसका अवसरमा आयोजना गरेको साइकल र्यालीको शुक्रबार विहान शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा तत्काल थोरै भएपनि साइकल लेन बनाउन सरोकारवालासंग छलफल गरेर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले साइक्लिङ मार्फत् स्वस्थ जनशक्ति पैदा हुँदा राज्यलाई फाइदा हुने बताउनुभयो । प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेको भन्दै उनले विश्वव्यापीरुपमा देखिएको इन्धन संकट टार्न साइकल उपयुक्त साधन भएको उल्लेख गर्नुभयो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगन्जमा साइकल लेन बनाउन जरुरी रहेको भन्दै नगर प्रमुख विष्टको ध्यानाकर्षण गराउनुभएको थियो ।
बिहानीको तारा । २० जेष्ठ २०७९, शुक्रबार १३:४७