जुम्ला । जुम्लाको चन्दनाथ नगरपालिका ६ मा हिंसा पीडित महिलाहरु मिलेर दिमा आमा घरको स्थापन गरेका छन । हिंसा पिडित महिलाहरुको सशक्तिकरण, आपतकालिन आश्रय, न्याय पैरविका लागि दिमा आमा घरको स्थापना गरिएको र ११५औ अन्तराष्ट्रिय महिला दिवसको अवसर परेर उद्घाटन गरिएको संस्थाका अध्यक्ष दिलमाया शाहीले जानकारी दिइन ।
उनका अनुसार “गाउँ समाजमा बढिरहेको हिंसाका घटना न्यूनिकरण गर्न तथा न्यायिक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् ।”
शाहीले पत्रकारिता गर्दाका विभिन्न समयमा हिंसा पिडित घटनाले हिंसा पिडित महिलाहरु सदरमुकाममा बसेर कानूनी निकाय जान कठिन भएकाले गुणस्तरिय बसाईका साथ प्रहरी र न्यायलयमा आउदा सम्म बस्ने स्थानका लागि दिमा आमा घरको आश्रय पहिलो हुनेमा जोड दिइएको हो । अहिले पिडित बन्धक गरेर पिडक बाहिर घुम्ने नभई न्याय पाउने उद्देश्यले पनि रहेको छ । उहाँका अनुसार घरबाट कुटपिट भएर निकालिए देखी हिंसा वोकेका हामीहरुले न्याय माग्न सदरमुकाम आउदा वास नपाएका महिलाहरुका लागि अव सुरक्षित वास हुनेछ । बलतकृत छोरीहरुलाई आश्रय सहित न्यायको पैरवि गर्ने, स्वास्थ्य उपचारमा सघाउने छ ।
आज भब्य कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गर्नु भएको छ ।
आमा घरको उद्घाटनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घरको रुपमा हुनेमा विश्वास रहेकोले यस कार्यमा एक्लै नभई सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । सिँजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्ण प्रसाद धितालले कवतिा भन्नु अगाडि कवि कस्तो हो भनेर थाहा हुन्छ भन्दै दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीको सत्य तथ्य पत्रकारिताको कामले दिमा आमा घरको भविश्य राम्रो भएकोमा जोड दिनुभयो । उहाँले गाउँपालिकाले यसमा गर्ने सहयोगमा कुनै कसुर नहुनेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले हिंसाबाट महिला र वालवालिका आउने महिला तथा वालवालिकाहरु कहाँ राख्ने भन्ने बिषयमा आवश्यकता भईरहेको समयमा यो सुरक्षित आमा घरको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सुरक्षित घरबाट अल्पकालिन आश्रयबाट पहिला आश्रय दिने, कानूनी उपचार गर्ने, स्वास्थ्य उपचार पछि पुनस्थापना गर्ने आशा पलाएको जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवति रावलले समाजमा शोषित पिडितका र हिंसा पिडित महिलाका लागि गरिएको यो काम निकै राम्रो भएको हुदा कार्यसमिति सवैलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गाउँपालिकाले सामाजिक कामका लागि आवश्यक सहयोग गर्नेमा जोड दिनुभयो । बरिष्ठ अधिवक्ता देवेन्द्रप्रसाद शर्माले सत्य तथ्य कुरा र सामाजिक कुरामा जोड दिदै आउनु भएका पत्रकार दिलमाया शाही सहितको आमा घरको टिमलाई हृदय देखी धन्यवाद तथा वधाई ज्ञापन गर्नुभयो । उहाँले हिंसा पिडित महिलालाई कानूनी निकायमा लिन यो संस्थाले थप काम गर्नेमा जोड दिनुभयो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जय शंकर धितालले समाजमा भएका वेतिथिका विरुद्ध तिखो कलम चलाउने दिलमाया सहितको टिमले गरेको काममा सवैले सहयोग गर्नुपर्ने प्रतिवद्धता जनाउनु भयो । आमाघरमा व्यवस्थित आराम कक्ष ३ वटा, भान्साघर र कार्यालय समेत शुरु गरिएको छ ।
बिहानीको तारा । २४ फाल्गुन २०८१, शनिबार १८:१९