बाँके । प्रगतिशील लोकतान्त्रिक पार्टी बाँके जिल्लाको जिल्ला प्रमुखमा दिपक शर्मा (हिमान्चल) चयन भएका छन्। बुद्ध सुनारको अध्यक्षतामा आज नेपालगन्जमा बसेको जिल्ला बैठकले शर्मालाई जिल्ला प्रमुखको जिम्मेवारी दिएको हो।
बैठकबाट पार्टीको जिल्ला सचिवमा दिनेश गुरुङ र जिल्ला प्रवक्तामा उपेन्द्र आचार्य चयन भएका छन्।
बैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र शाहले नयाँ र प्रगतिशील सोच बोकेका समूहहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने, भ्रष्टाचारीलाई एक्सपोज गर्ने तथा सुशासनको पक्षमा जनतामाझ जाने नीति लिएको बताए।
नवगठित जिल्ला नेतृत्वलाई संगठन सुदृढीकरण, पार्टी विस्तार र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने जिम्मेवारी दिइएको छ।
यसैगरी बैठकले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित छिट्टै पार्टीको जिल्ला भेला आयोजना गर्ने निर्णय समेत गरेको छ। उक्त जिल्ला भेलामार्फत पार्टीलाई थप सक्रिय र संगठित बनाइने जिल्ला प्रवक्ता उपेन्द्र आचार्यले जानकारी दिए।




सन्तोष कुमार बिष्ट । २७ मंसिर २०८२, शनिबार १९:२४