काठमाडौँ । बहुचर्चित संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।
प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भएर राष्ट्रियसभामा पुगेको विधेयक ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउनुपर्ने अन्तिम दिन पारित भएको हो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त’ सम्बन्धी व्यवस्थामा त्रुटि देखिएपछि छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा बनेको समितिमा कांग्रेसकी सुशीला थिङ, एमालेका ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली तथा राप्रपाका रोशन कार्की सदस्य रहेका थिए ।




बिहानीको तारा । १७ भाद्र २०८२, मंगलवार २०:०४