समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं ।  समाजवाद मोर्चाको बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।