पत्रकार महासंघ बाँकेको भित्तेपात्रो विमोचन

नेपालगंज । नेपाल पत्रकार महासंघद्वारा प्रकाशित नयाँ भित्ते पात्रो तथा नयाँ बर्ष २०८२ सालको शुभकामना विशेष समारोहका बीच भित्ते पात्रो विमोचन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यष तथा वरिष्ठ सञ्चारकर्मी शुक्र ऋषि चौलागाईंको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि चौलागाईंले अहिलेको समयमा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गम्भीर चुनौती बनेको बताए । उनले उल्लेख गरे, “हिजोआज प्रेस स्वतन्त्रतामाथि हुने हननका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । केन्द्रबाट दैनिक ४-५ वटा प्रेस विज्ञप्ति निकालेर पत्रकारहरूका अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउनु परेको अवस्था छ।”

उनले प्रेस स्वतन्त्रता बिना सशक्त लोकतन्त्र सम्भव नभएको भन्दै सञ्चार माध्यम र पत्रकारहरूलाई निष्पक्ष, निर्भीक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरे।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीले प्रेस स्वतन्त्रता र सुरक्षाको बिषयमा महासंघ गम्भिर रहेको बताए । पत्रकार पनि आफ्नो कर्म प्रति इमान्दार हुनु पर्ने र मर्यादित हुन आग्रह पनि गरे ।

समाचार प्रयोजनका लागि पत्रकार शोभाकर बिश्वरकर्मालाई जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोसीले नागरिकताको लागि फोन गर्ने जो भए पनि ‘दलाल’ हुन भन्ने भाषा प्रति महासंघ संम्भिर आपत्ति जनाएको छ । साथै प्रमुख जिल्ला अधिकारीले उक्त घट्नाको खण्डन नगरे सम्म पत्रकार महासंघले प्रशासनका कार्यक्रमा सहाभागी नहुने धारणा व्यक्त गरे ।

पत्रकार महासंघले पत्रकारहरुको बिवरण अधिलेखीकरण गर्न सफ्टवयर निर्माण गरिरहेको पत्रकारहरुको फोटो सहितको विवरण, अनलाईनहरु बिवरण, पत्रपत्रिकाहरुको विवरण, लगाएत विवरणको अभिलेख गर्ने र सम्भव भए बैशाख महिना भित्र उद्घाटन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियन बाँके जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रेस सेन्टर नेपाल बाँके जिल्ला उपाध्यक्ष के पी घिमिरे, अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ बाँके जिल्ला पूर्व अध्यक्ष निरज गौतम लगाएत शुभकामना मन्तव्य राखेका थिए ।