चिसो बढेपछि बिधालय बन्द गर्न नेपालगन्ज उपमहानगरको निर्देशन

०३ माघ २०८० नेपालगन्ज । जाडो र शितलहरका कारण विद्यालय सञ्चालनमा कठिनाई भएको भन्दै भोली माघ ४ गते बिहीबारदेखी माघ ६ गते शनिबारसम्म जाडो विदा गर्न नेपालगंज उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गरी सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत र धार्मिक विद्यालयलाई जाडो विदा गर्न निर्देशन दिएको हो ।