बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनकाे निर्वाचन केन्द्रित बैंठक

२० साउन २०७९ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

 बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ ।

नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ । उनीहरुका अनुसार तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ ।