खजुरा । गणतन्त्र स्थापनाको १८औं वार्षिकोत्सवका अवसरमा खजुरा गाउँपालिकाले विशेष कार्यक्रम गरी भव्य रुपमा गणतन्त्र दिवस मनाउने तयारी गरेको छ। यस अवसरमा जेठ १५ गते बिहान ६:३० बजे इलाका प्रहरी कार्यालय, धनौली, खजुरामा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
कार्यक्रममा खजुरा गाउँपालिका अन्तर्गत सम्पूर्ण शाखा र वडा कार्यालयका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक-शिक्षिका तथा कक्षा ९ र १० का विद्यार्थीहरू, सामाजिक संघसंस्था, राजनीतिक दल, स्थानीय व्यवसायी, पत्रकार, बुद्धिजीवी लगायत आम नागरिकहरूको सहभागिता रहनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले सबैलाई कार्यक्रमस्थलमा समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेका छन्।
गणतन्त्र दिवस मुलुकको ऐतिहासिक परिवर्तनको स्मरण र सम्मान स्वरुप मनाइने राष्ट्रिय पर्व हो। यो दिन लोकतन्त्र, समानता, न्याय र समावेशीताको सन्देश बोकेर आउँछ ।
सन्तोष कुमार बिष्ट । १४ जेष्ठ २०८२, बुधबार १५:२१