होटल स्टार लाइटमा भव्य ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना हुने

नेपालगन्ज। अङ्ग्रेजी वर्ष २०२५ को विदाइ तथा नयाँ वर्ष २०२६ को स्वागतका अवसरमा नेपालगन्ज–१८ स्थित होटल स्टार लाइटमा डिसेम्बर ३१ तारिखका दिन भव्य ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।
होटलका अपरेसन म्यानेजर रचित श्रेष्ठले नयाँ वर्षलाई उल्लासपूर्ण र मनोरञ्जनात्मक वातावरणमा स्वागत गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
कार्यक्रममा गायक क्रीजन, मेमोल, डिजे शेड, डिजे सुशान्त, बाबली तथा याबी दि लगायतका कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने छ। कार्यक्रममार्फत दर्शक तथा सहभागीलाई मनोरञ्जन प्रदान गर्दै नयाँ वर्षको खुसी साटासाट गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमलाई भव्य, सभ्य तथा सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि अपरेसन म्यानेजर श्रेष्ठले जानकारी दिनुभयो।