
बाँके । ३२औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस सेन्टर नेपाल बाँके जिल्लाले कोहलपुर न्युरोड चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ ले शुभकामना दिँदै प्रेस स्वतन्त्रताको पक्षमा माओवादी पार्टी सधैं दृढ रहेको उल्लेख गरे। उनले विगतमा प्रेसलाई जन्जिरले बाँध्दा त्यसको विरोध गर्ने भूमिका माओवादीले खेलेको स्मरण गर्दै अहिले पनि सञ्चारकर्मीमाथि हुने आक्रमण तथा प्रेस स्वतन्त्रता हननका घटनाहरू दुःखद रहेको बताए ।
त्यस्तै, कार्यक्रममा अध्यक्ष चन्द्र बोहराले प्रेसमाथि भइरहेका दमन र पत्रकारमाथिका आक्रमणको निन्दा गर्दै सबैलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए।



बिहानीको तारा । २० बैशाख २०८२, शनिबार २१:२१