जानकीमा गठबन्धनका उम्मेदवार जित्ने निश्चित

१८  बैशाख २०७९ नेपालगंज ।  जानकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जसपाको तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजिव वर्माको पक्षमा जनमत जुट्दै गएको छ । युवा पुस्ताका लागि राजिव वर्मा लोकप्रिय छन् । राजिव बर्माले गठबन्धन विजयी भएमा विद्यालय, स्वास्थ्य र भौतिक पुर्वाधार विकास सडक, नाला र अन्य निर्माणमा विशेष ध्यान दिइने बताएका छन । उनले पालिकामा रहेका हरेक सरकारी विद्यालयमा मोडर्न शिक्षा र गुणस्तर शिक्षामा विशेष ध्यान दिएर निजि विद्यालय भन्दा राम्रो बनाइने समेत बताए । सोही पालिकाका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका रक्षाराम बर्माले जनलहर गठबन्धनको पक्षमा देखिएकोले यस पटक जानकीमा नयाँ स्थानीय सरकार बन्ने दावी गर्दै त्यो सरकारले सबैको विकास र सबैको साथ भन्ने नारालाई साकार पार्ने बताए । उनले यो गठबन्धन बन्ने वित्तिकै अन्य उम्मेदवारमा छटपटि बढ्दै गएको पाईएको पनि बताए ।