बाँकेका डाक्टरहरुले सामुहिक राजिनामा दिएर आन्दोलन गर्ने

१० असाेज २०८० नेपालगन्ज । बाँकेका डाक्टरहरुले सामुहिक राजिनामा दिएर आन्दोलन गर्ने तयारी थालेका  छन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि यस्ताे निर्णय गर्न पुगेकाे एक डाक्टर बताए ।

सरकारी तथा निजी अस्पतालका डाक्टरहरु भेला भएर सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र स्वास्थ्यकर्मी माथिको आक्रमण दोहोरिन नदिने प्रतिबद्धता नआए भोलि सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रने तयारी गरेका छन् ।

आज भएकाे छलफलमा भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल लगायतका अन्य निजी अस्पतालमा कार्यरत डाक्टरहरुको सामुहिक भेलाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको भेलामा सहभागी एक डाक्टरले बताउनुभयो ।

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् । पोखरा, काडामाडौंमा डाक्टरहरुले प्रदर्शन गर्दै आएका छन् ।

सरकारले भोलि विहान १० बजेसम्म दोषी लाई कारवाही गर्दै यस्ता घटना दोहोरिन नदिने वातावरण नबनाए सामुहिक राजिनामा दिएर निर्णायक आन्दोलनमा गर्ने चेतावनी दिएका छन । भोलि भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न अस्पताल अन्य निजी अस्पतालहरुको ओपिडी, इमरजेन्सी, आइसीयूलगायतको सबै सेवा प्रभावित भएका छन ।