२३ असाेज २०८० नेपालगन्ज । इजरायलमा विद्रोही संगठन हमासले आक्रमण गर्दा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटीकाे आयोजनामा नेपालगंजकाे बिपी चाेकमा दीप प्रज्वलन गरिएकाे छ । विद्रोही संगठन हमासको आक्रमणमा परी सुदूर पश्चिम विश्वविद्यालयबाट कृषि विषय लिएर `लन एन्ड अर्न´ कार्यक्रम अन्तर्गत इजरायलको किबुजस्थित कृषि फराममा इन्टर्नमा रहेका अखिल क्रान्तिकारका सुदुरपश्चिम बिश्वबिद्यालयका राष्ट्रिय समितिका सचिव गणेश कुमार नेपाली लगायत १० जना बिद्यार्थीहरु इजरायल र प्यालेसटान्टकाे सिमावर्ति सहर गाजामा असोज २० गते शनिवार हमास समुहले हमला गरी मृत्य भएकाे थियाे भने केही घाइते भएका हुन् ।
विद्यार्थी संगठनहरुले नेपाल सरकारलाई उनीहरुको लास नेपाल ल्याउन तत्काल पहल गर्नुपर्ने, घाइतेको उपचार र अन्य इजरायलमा भएका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन नेपाल सरकारले काम गर्न अखिल (क्रान्तिकारी) बाँके जिल्ला सचिव सुनिल बटालाले अनुरोध गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकास घर्ति मगर, केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज तुल्सीमणी के.सी, लुम्बिनी प्रदेश सह-इन्चार्ज बिनाेद बराल, केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाह जम्बो लगाएकाे उपस्थिति रहेको थियाे । दिप प्रज्वलन कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटी अध्यक्ष बिष्णु बनाेजियाले गरेका थिए ।
बिहानीको तारा । २३ आश्विन २०८०, मंगलवार २०:०६