सुर्खेत । अनेरास्ववियू (क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलन बाट उप-महासचिवमा कर्णाली प्रदेश(भूगोल)बाट प्रकाश अधिकारीले ६०४ मत ल्याई निर्वाचित भएका छन । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा सार्वजनिक गर्दै अधिकारीलाई निर्वाचित भएको घोषणा निर्वाचन समितिले गरेको थियो ।
यसैगरी दैलेख जिल्लाका अधिकारी बिद्यार्थी माझ लोकप्रिय, जुझारु संगठकका रुपमा परिचित छन ।
अनेरास्ववियू (क्रान्तिकारी) भित्र उमेर हद लगाउने वा खुल्ला गर्ने बारेमा संगठिक बहसले निकै बिबाद लिएको थियो । बन्द सत्रलाई रोकेर विभिन्न छलफल संम्वाद बाट पुष १४ गते उमेर हद ३२ वर्ष लागू गर्ने एजेन्डामा मतदान भएको थियो ।
उक्त निर्वाचन परिणाम बाट अखिल क्रान्तिकारी भित्र उमेर हद ३२ कायम भएर अहिले नेतृत्व छनौटको लागी माघ १२ गते देश सात प्रदेशमा मतदान भएको थियो । उपत्य बिशेष प्रदेश र बिश्वबिधालयको मतपत्रमा कालो मसि प्रयोग भएको भनी बिवाद भैइ उक्त बिवाद मंगलबार अध्यक्ष पदका उम्मेदवारसँग सहमति गरि मतगणना सुरु गरिएको थियो ।
बिहानीको तारा । १६ माघ २०८१, बुधबार १८:०३