
जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा महिला जागरण अनलाइन पत्रिका अध्यक्ष तथा मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका सवाददाता दिलमाया शाही निर्वाचित भएकी छन । शाही जुम्लामा सशक्त कलजीवि, अन्याय अत्याचार र भ्रष्ट्रचार बिरुद्ध कलम चलाउदै आएकी छन । यस्तै उपाध्यक्ष उमेश वुढा, अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव उमेश परियार, रामप्रकाश वि.क., कोषाध्यक्ष अमृत बुढाथोकी मगर सहित ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको अध्यक्ष शाहीले बताइन ।

अधिवेशनमा प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव शुरज सिंहको प्रमुख आथित्य, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति सचिव उपेन्द्र न्यौपाने निर्दोष, नेपाल पत्रकार महासंघ जुम्ला शाखा निवर्तमान अध्यक्ष नेत्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।



बिहानीको तारा । ३ पुष २०८१, बुधबार १९:१५