जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले ताल्चा लगाएका छन् । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुले बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको जनाउँदै विरोधस्वरुप ताल्चा लगाएको जनाएका छन् ।
प्रतिष्ठानमा कार्यरत चारसय शिक्षक कर्मचारीमध्ये ५८ जनाले तालाबन्दी गरेका हुन् । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा पठनपाठन ठप्प भएको छ ।
कर्मचारीमध्ये करिब ७५ जना स्थायी, अरु सबै करार र ज्यालादारी हुनु । अदालतले यसअघि नै कर्मचारीको पक्षमा फैसला गरेपनि प्रतिष्ठानले कुनै निर्णय गरेको छैन । गत वर्ष कर्मचारीहरुको आन्दोलनपछि भदौ २१ गते सम्झौता भएपनि हालसम्म कार्यान्वयन नभएकोमा उनीहरुले रोष प्रकट गरेका हुन् ।
बिहानीको तारा । ४ मंसिर २०८१, मंगलवार १३:३२