नेपालगंज ९ नं. वडा कार्यालयको आ.व.२०८०/८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न

३२ जेष्ठ २०८० नेपालगंज । नेपालगंज उप-महानगरपालिका ९ नं. वडा कार्यालयको आ.व.२०८०/८१ को वडा स्तरीय योजना तर्जुमा कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ । कार्यवाहक वडा अध्यक्ष जयन्ती खत्रीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा वडा सदस्य सिमा के.सी. मिना नेपाली, वडा सचिव तेज बहादुर सिंह पुर्व वडा सदस्य अकवर शेष, रमेश प्रसाद तिमिल्सेना, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै वडा भेलामा राजनितिक दलका प्रतिनिधिहरुले आफ्नो भनाई तथा महत्वपूर्ण सुझाव समेत दिएका थिए । स्थानीय मिना रावलले बिकास निर्माण र बजेट प्रथामिकताका आधारमा बिनियोजन गर्नु पर्ने बताइ ।

समावेशी टोल बिकास संस्थाका उपध्याय तथा पुर्व वडा सदस्य रमेश प्रसाद तिमिल्सेनाले योजना बनाउदा कहाँ कति प्रथामिता छ सो कुराको अध्यायन गरी योजना बताउन सुझाव दिए ।

वडा भित्र सरसफाई तथा नाली सफा गर्न वडा कार्यालयले बिशेष ध्यायन दिन आग्रह समेत भेलामा उपस्थित स्थानीयले जनप्रतिनिधिलाई सचेत समेत गराए । कार्यक्रममा श्रद्धानगर टोल बिकास संस्थाका अध्यक्ष डिल बहादुर थापाले वडा कार्यालय सबैलाई पायक पर्ने स्थानमा बनाउनु पर्ने र सधै वडा कार्यालय भाडाको घर बाट संचालन गर्न नहुने र आफ्नै भवन बनाएर कागकाज गर्न सुझाव समेत दिए ।

वडा भेला मा उठेका प्रश्नहरुको जवाफ दिदै वडा कार्यालयले अहिले सम्म भए गरेका प्रगति विवरण समेत का बा अध्यक्ष जयन्ती खत्री बताइन । आफुहरु वडामा निर्वाचित भई आए पछि वडाबाट हुने सेवासुविधा सहज रुपमा जनतालाई उपलब्ध गराएको समेत बताईन । चालु आ.व मा योजनाका कामहरु तिब्र रुपमा संचालन भईरहेको समेत बताइन । आ.व २०८०/८१ मा पनि जनस्तरबाट आएका सुझाव लाई मध्यनजर गर्दै योजना प्रथामिताका आधारमा नै योजना बनाउने भन्दै सबैलाई बिस्वस्त पार्दै वडा भेला समापन गरिइन ।