माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर र नेता आदेश अग्लेरवालले गरे पार्टी परित्याग

जसपा प्रवेश गरेका अग्रवालले क्षेत्र नं २ प्रदेश सभा ख उम्मेदवारी दिने

२३ असोज २०७९ नेपालगंज ।  सत्ता साझेदार दलहरु संग चुनाबी गठबन्धन गरेर चुनाबी मैदानमा हुमिएकाकाे नेकपा मा‌ओवादी केन्द्रले बाँके निर्वाचन क्षेत्र २ बाट संघ र प्रदेश तर्फ दुबै भागमा नपरे पछि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अतहर हुसेन फारुकी र माओवादी केन्द्रका लुम्बिनी प्रदेश क मिटि सदस्य आदेश अग्रवालले माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आज फेसबुक मार्फत नेता द्वयले माओवादी केन्द्रले मालेमावादी राजनीतिक दर्शनलाई लत्याउदै सत्ता र कुर्सीका लागी पार्टीलाई ध्वस्त बनाउने गरि उम्मेदवार बनाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । यता अग्रवालले माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका छन् । जसपा प्रवेश गरेका अग्रवाललाई क्षेत्र नं २ ख को उम्मेदवार बनाएको छ ।