एजेण्डा बिहीन, अबैध ३४औं एनइए निर्वाचन !

ई.अन्तिम प्रसिद्ध धिताल

नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना  बि.सं. १९६२ भएको थियाे, भने अहिले ६२औं बर्ष पुगेको छ । NEA को स्थापनाको उद्देश्यहरु पनि राम्रै छन । ईन्जिनियरिङ् विज्ञान र प्रविधि को विकासको प्रवर्द्धन, फेलोसिप प्रवर्द्धन गर्न र इन्जिनियरहरूको अधिकार हकहितको रक्षा गर्न, राष्ट्रिय विकासका गतिविधिहरूमा राष्ट्रिय इन्जिनियरिङ जनशक्तिको सहभागिता अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय इन्जिनियरिङ्ग संघ र संस्थाहरूसँग सम्बन्ध, फेलोशिप र सद्भावना विकास गर्ने, भन्ने प्रमुख उद्देश्य बोकेको वैधानिक इन्जिनियरहरुको हक हितको लागि लड्नु पर्ने संस्था हो । नेपालका सारा इन्जिनियरहरुको संगठित संस्था नेपाल इन्जिनियर एशोसिएसन आफ्नो प्रतिनिधि नेता आफै छान्ने काम गरिरहेको  छ । NEA को निर्वाचन २/२ बर्षमा हुने गर्छ र निर्वाचित समितिले आफ्ना काम गर्ने गर्दछ ।
अहिले भदौ २८ गते इन्जिनियर एसोसिएसनको निर्वाचन तोकिएको अवस्था छ । नेपाल इन्जिनियर एसोसिएसन एउटा बैधानिक इन्जिनियरको साझा संगठन भएको र जो आफै राजनैतिक क्रियाकलापमा संलग्न नहुने भन्ने यसको मुल मर्म र चरीत्र छ । तर, बिधि बिधान र संस्थाको मुल मर्म बिपरित NEA आफै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठनहरु बिचमा प्रतिस्पर्धा गराउँछ जो नितान्त विधानको बिरुद्धमा छ । आज देश समग्र राजनीतिक संगठनहरुको सकारात्मक भुमिका भन्दा पनि नकारात्मक हस्तक्षेपमा छ । स्वतन्त्र ब्याक्ती लड्नु पर्ने  निर्वाचनमा राजनीतिक दलका संगठनहरु निर्वाचन लढ्ने र NEA समेत आफ्नो कर्तव्य बाट बिमुख हुन्छ । ती दलका संगठनलाई वैधानिक रुपमा चुनाव लडन अनुमति दिन्छ ।

आम इन्जिनियरहरु माझ खासै आकर्षण बन्न नसकेको NEA अध्यक्षको उम्मेदवार हुन १५ बर्ष एसोसिएसनको सदस्यता कायम गरेको ब्यक्ति मात्र निर्वाचन लढ्न पाउछ ! यो कस्तो सिन्डिकेट हो ? कुनै बैज्ञानिक कुरो हो ? यो कस्तो इन्जिनियरियरहरुको संगठन हो ? एउटा ब्याक्ति आफ्नो समुदायको हकको निम्ति केही काम गर्न एसोसिएसनबाट उठ्छु भन्दा उसले १५ बर्ष कुर्नु पर्ने ? कोहि छ जसले यसको बैज्ञानिक तात्पर्य बुझाउन सक्छ ? उमेरको हदको बहस उठाउ । उमेर तोकौ त्यो अर्कै कुरा हो त्यसमाथि छलफल गर्न सकिने कुरा हो । तर पुराना इन्जिनियरहरुले नयाँ इन्जिनियरहरुलाई लगाइएको सिन्डिकेट खारेज हुन पर्छ । यो प्राबिधिक (इन्जिनियर)त्यसमाथि पनि राज्यले सम्मान गर्ने वर्ग भित्र पर्छ । यो त कम्तिमा नाप तौल सहितको ब्यवस्थित हुनु पर्छ । यो देशको टेक्नोलोजी निर्माण गर्ने बर्ग हो । यसै संस्थाले आफ्नै संस्थाको डाटा गलत राख्छ । एउटा ब्याक्तिको नाम हुन्छ अर्को ब्याक्तिको NEA नम्बर हुन्छ । यसले अर्को लाइफ मेम्बरको रजिस्टर गर्छ । जो गर्दा आफै सँग पुरानो डाटा हुदैन र उसले १०/१२ बर्ष भैसकेको सदस्यको फेरि नयाँ सदस्य नम्बर दिन्छ उक्त ब्याक्तिहरुलाई उसले लगाएको बर्षको सिन्डिकेट लगाएर चुनाव उठ्न दिदैन । उम्मेदवारी रद्द गर्छ,  यी त प्रबिधिक समस्याहरु हुन ।

अब कुरा गरौं पेसागत वर्गको हितको संरक्षण निर्वाचनकाे एक महिना इन्जिनियरहरुको निर्वाचन भन्ने र मासु, दारु खाने निर्वाचन जित्ने सभा पार्टीका कार्यक्रम गर्ने जितेको दिन बाट NEA मा बसेर छिटफुट घटना बाहेक कुनै भुमिका खेलेको इतिहास देखिदैन । यो इन्जिनियरहरुको आकर्षक भन्दा पनि बिकर्षण केन्द्र जस्तो बनेको छ । उम्मेदवारको तयारी गर्नेहरुले भोटरको लागि केही आफ्नै लगानिमा NEA membership लिन लगाउने गर्छन । नत्र त यसको इन्जिनियरको बिचमा शून्य सहभागिता नै छ, कति इन्जिनियरहरुको त यस्तो छ, निर्वाचन जित्ने त्यसबाट PR बटुल्ने र पार्टीका नेताहरुलाई प्रभावमा पारी नियुक्ति खाने र एउटा राम्रो ठाउँ बाट अर्को राम्रो ठाउँको नियुक्ति पट्काउने, यसरी कहिले सम्म आम इन्जिनियरको भलो हुन्छ ।

यो संस्थालाई प्रयोग गरी आफ्नो राजनीतिक प्रभाव राख्ने इन्जिनियरहरुको काममा संस्थागत तवरले माखो नमार्ने । राजनीतिक दलका संगठनबाट निर्वाचनमा उट्ने (CEDAN, PEAN, NEON, SEAN) जस्ता संगठनहरुको मार्फत निर्वाचन लढ्ने जित्ने, त्यसमा आवद्धहरुका छिटफुट काम गर्ने, अन्य स्वतन्त्र वा अन्य संगठन नै भनौ उनका काम गर्ने त पर कै कुरो हो । यसरी राजनीतिले गाजिएको इन्जिनियर एसोसिएसन बाट इन्जिनियरले कसरी आफ्नो अधिकारको लडाइ लढ्ने ? जो इन्जिनियरको अधिकारको निम्ति लढ्छु भन्दै नेता बन्दै NEA मा जान्छन तिनकै संस्थामा काम गर्ने इन्जिनियरहरुले महिनाको १२/१५ हजारमा काम गर्नु पर्ने बाध्यता छ, कति त त्यही नपाएर जागिर छोडीरहेका छन ।  न्युनतम पारिश्रमिकको कुरो उठाउनेहरुको यस्तो हरिबेजोक छ ।

इन्जिनियरिङ एसोसिएसनले पोलिसीमा काम गर्नु पर्ने थियो । देशको re-construction को नेतृत्व लिएर देशलाइ भौतिक रुपमा हाम्रो नेपाल सुवाउने इन्जिनियरिङको डिजाइन गरि देशको Plan commission लाई लिड गरेर हिन्नु पर्थ्यो तर बिडम्बना सरकारी इन्जिनियर घुस खाने प्राइभेट इन्जिनियर राजनीति गरेर नियुक्ति खाने, एक पटक त DPR ले देशै खायो, जुन छानबिन गर्नु पर्ने छ । DPR को नाममा राजनीतिक पहुँचहुनेहरुले देशको ढुकुटी लुटेरै खाइरहेका छन।

यसरी चलेको इन्जिनियर एसोसिएसनले आम इन्जिनियरका समस्या कसरी समाधान गर्ला भन्ने चुनौती थपिएको छ । अहिले अवैध नै निर्वाचन भए पनि जुन घोषणा गरिएको छ । यिनका उम्मेदवारले के बहस गर्दै छन, यो कतै देख्न पाइदैन, सभा छन, संगठन छन, गोष्ठी छन, तर एजेण्डा र नीति छैनन, चुनावको लागि चुनाव, चुनाव देखि चुनाव सम्मको शृङ्खला कहिले अन्त्य होला र एजेन्डामा बहस भएर नेतृत्व चुनिएर कहिले आउँला अनि NEA आम इन्जिनियरहरुको साझा संगठन कहिले बन्ला, चुनौतीपूर्ण छ ।
(लेखक:- इन्जिनियर अन्तिम प्रसिद्ध धिताल, पुल्चोक क्याम्पस )