भन्सार छलि ल्याइएका खसि र मोबाइल सामग्री बरामद

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँके र सुरक्षाकर्मीको संयुक्त कार्यदलले जिल्लामा अबैध रुपमा भन्सार छलि ल्याइएका खसि र विभिन्न सामग्री बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका १६ बाट १० जिउ खसि बरामद गरिएको छ । त्यस्तै, उपमहानगरपालिका–१० गणेशमान चोक नजिकै भारतबाट भन्सार छलि ल्याइएको मोबाइल चार्जर, मोबाइल कभर, पावर बैंक लगायतका सामग्री समेत बरामद गरिएको हो। बरामद गरिएका सामग्रीको अनुमानित मूल्य करिब रु. १ लाख ८१ हजार ४५० रहेको बताइएको छ।

उक्त सामान तथा खसीसहित संलग्न व्यक्ति र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।