नेपालगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राप्तीसोनारी वडा नं. ६ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट खडक बहादुर घर्तीको नेतृत्वामा १५ सदस्यीय समिति निर्वाचित भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारी गाउँपालिका समिति सचिव सुर्य प्रकाश घर्ति मगरले जानकारी दिनुभयो । जस अनुसार उपाध्यक्ष दिल कुमारी पुन, सचिब कुल बहादुर थारु, सह–सचिब सजना ओलि बुढा र कोषअध्यक्ष गगन सिंह सार्की लगाएत निर्वाचित भएको छ ।
वडा सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिती सदस्य पुर्णा कुमारी सुबेदीले सहिद बुद्दिबल पुन (राजन) को सालिकमा माल्र्यापण गरि वडा सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सन्तोष कुमार बिष्ट । २२ जेष्ठ २०८१, मंगलवार १६:१६