नेपालगन्ज । नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालबालिका शिक्षा (ECD) सुधारको माग गर्दै आज नेपालगंज उपमहानगरपालिका मेयर उप मेयर लाई ज्ञापन पत्र बुझाएको छ ।
प्रारम्भिक बालबालिका शिक्षा सुधारका माग गर्दै बिभिन्न ५ बुर्दे ज्ञापन पत्र बुझाइएको नेपाल समाजवादी विद्यार्थी युनियनका बाँके जिल्ला संयोजक टेक राज कडेल जानकारी दिए ।
नेपालमा विद्यालय शिक्षा सुधारको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरी रहेको छ । युनियनले प्रारम्भिक बालविकास शिक्षाको सुधार गर्नुपर्ने माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाइएको नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रिय सचिव संगम पोखरेल बताए ।
बिहानीको तारा । ५ जेष्ठ २०८१, शनिबार १५:३०