कांग्रेसलाई मेयर दिएपछि जसपा बाँकेमा असन्तुष्टि, निर्णय सच्चाउन केन्द्रिय नेतृत्वलाई अल्टिमेटम

७ बैशाख २०७९ नेपालगंज । पाँच दलीय सत्ता गठबन्धले आज नेपालगंज उप-महानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) बाँकेले असुन्तुष्टि जनाएकाे छ । कति स्थानीय नेता कार्यकर्ताहरुले पार्टी  परित्याग गर्ने चेतावनी दिएका छन् ।

आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उप-महानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगंज उप-महानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरेकानेता कार्यकर्ताहरु लाई असन्तुष्ट बनाएकाे छ याे निर्णय सच्याउन भोली १० बजे सम्म पार्टीको नेतृत्वलाई अल्टिमेटम दिइएको बताए । निर्णय नसच्चाए पार्टी परित्याग गर्ने उनको चेतावनी समेत दिएका छन ।