राष्ट्रिय भूमि आयोग खारेज

 काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको छ । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो । आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो ।