नेपाल वायुसेवा निगमले सञ्चय कोष र लगानी कोषलाई तिर्‍यो ५३ करोड किस्ता

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदवापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तावापत २९ पुस (आइतबार) ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको हो ।
यो न्यारोबडी जहाजको पुरै र वाइडबडी जहाजको आंशिक किस्ता रहेको समेत उनले जानकारी दिए । नेपाल वायुसेवा निगमले पछिल्लो १८ महिनामा किस्तावापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रूपैयाँ भुक्तानी गरिसकेको छ ।