नेपालगन्ज । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी सामान प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सामान नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १३ बाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलि नियन्त्रणमा लिएको हो ।
प्लाष्टिकका सामान, डोरी, प्याज लगायतका सामान मोटरसाईकलमा ल्याउदै गएको बेला प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
त्यस्तै ढुवानीमा संलग्न मोटरसाईकल सहित अंन्दाजी मुल्य तीन लाख सत्र हजार बराबरको सामान फेला पारी ढुवानीमा संलग्न मोटरसाईकल र एक जना लाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।
बिहानीको तारा । ५ चैत्र २०८०, सोमबार १६:४६