एमसिसिको बिरोध : नेपालगन्जमा YCL नेपाल बाँके र अखिल क्रान्तिकारी बाँकेकाे संयुत्त विरोध प्रदर्शन

नेपालगगंज , फागुन १२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि को विरुद्धमा नेकपा माओवादी केन्द्र नेपालगंज उपमहानगर कमिटीकाे कार्यालय न्युराेड बाट सुरु भएर सेतु बिक चाेक हुदै पुष्पलाल चाेकमा गएर काेषसभामा परिणत भएकाे थियाे ।

बिराेध र्यालीमा एमसीसी मुर्दाबाद, अमेरिकी साम्राज्यबाद मुर्दाबाद, राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, भन्दै नारा लगाएका थिए । राष्ट्रियता रक्षाको निम्ति प्रेमी युवा बिद्यार्थीहरुकाे उपस्थितिमा विरोध प्रदर्शन गरिएको अखिल अक्रान्तिकारी जिल्ला समिती सदस्य एंव अखिल अक्रान्तिकारी नेपालगंज उपमहानगरपालिका अध्यक्ष उपेन्द्र आचार्यले बताउनुभयो । उहाँले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताउनुभयो ।

त्यस्तै पुष्पलाल चाेकमा भएकाे विरोधसभामा लाइ सम्बाेधन गर्दै अखिल क्रान्तिकारी केन्द्रिय सदस्य सुरेन्द्र शाह जम्बाेले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिए । एमसीसी विरुद्ध गत केही दिनयता बाँकेमा निरन्तर आन्दोलन जारी रहेको छ । नेपालगञ्ज र कोहलपुरमा माओवादी केन्द्र निकट वाईसियल, विद्यार्थि संगठन दैनिकजसो विरोध जुलुस, प्रदर्शन र सभाहरु गरिरहेका छन् ।