२६ जेठ २०७९ नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ९ मा एमालेकाे पुरै प्यानल बिजय भए पछि । वडामा पहिलाे काम वडाकाे सरसफाई गरी सरसफाई सप्ताह सम्पन्न भएकाे छ । प्रत्येक टाेमा सक्रिय सहभागि सहित सरसफाई कार्यक्रम भएकाे थियाे । दाेस्राे कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घर-घरमा पुगेर नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको छ । उक्त वडामा नयाँ जनप्रतिनिधी निर्वाचित भएर आएपछि घरदैलोमै पुगेर यस्तो सेवा दिइएको हो ।
वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द प्रसाद रेग्मी वडा सदस्य सिमा के.सी. जयन्ती खत्री, ज्ञान बहादुर लामा र मिना नेपाली सहित वडा स्वास्थ्य सेवा केन्द्रका प्रमुख अमृता दर्लामी मगर र स्टाफ नर्स राेशनी भट्टराई, स्वास्थ्य स्वयम सेवीका सुष्मा चाैधरी समाज सेवी कृष्ण भडेल, हिरा घर्ती र दिल बहादुर थापा सहित काे टाेली वडाकाे प्रत्येक घर घरमा पुगेर जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य चेक जाँच गरी रहेकाे वडा सदस्य जयन्ती खत्रीले बताउनु भयाे ।
नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा वडाका जनप्रतिनिधी, स्वास्थ्य स्वयम सेवीका र समाजसेवी पनि खटिएका छन । वडालाई नमुना बनाउने नवनिर्वाचित जनप्रतिनिधीको प्रयासलाई वडाबासीले पनि साथ दिएका छन ।
बिहानीको तारा । २६ जेष्ठ २०७९, बिहीबार १४:१३