धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । उक्त ट्रक पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । अहिले लम्कीचुहा नगरपालिकाकाे दमकल पनि पुगेको छ ।



बिहानीको तारा । २८ फाल्गुन २०८०, सोमबार १८:११