लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयको जग्गाको सुनिश्चितता

२८ साउन २०८० नेपालगन्ज । लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गाको हालसाविक हुने निश्चित भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले यस सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता चौधरीसंग जोडदार आवाज उठाएका थिए । जग्गा हालसाबिक गर्ने पत्र जिल्ला नापी तथा मालपोत कार्यालय बाँकेमा पठाएको मन्त्री चौधरीले जानकारी दियको खजुरा गाउपालिका प्रबक्ता धनिराम ओलिले बताए ।

लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गा प्रातिका लागि अध्यक्ष डम्बर बहादुर विक, पुर्व संविधानसभाउपसभामुख पुर्ण कुमारी सुवेदी , पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर ३कि संघीय संसद आशा विक, पुर्व प्रदेश संसद आइपि खरेल , माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार बिक खजुरा गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष धनीराम वली लगाएतकाे टाेली डेलिकेशनमा गएकाेे थियो ।