त्यो राती

  • सन्ताेष कुमार बिष्ट

कुरै कुरामा रात गएको थाहा नै भएन ।
रात कति मादक थियो भन्नू नै भएन ।।

तिम्रो काखमा मेरो सिरानी थियो ।
तिम्रो कोमल औंलाहरु मेरो काईयो ।।

मिठा मिठा सपनाहरूको संसारको योजना ।
सुन्दर सुन्दर प्रशंसा का शब्दहरु ।।

मेरो संसारको राजकुमारी तिमी राजकुमार म ।
घरको छानानै बन्यो स्वर्गको बगैंचा ।।

चिढियो होला चन्द्रमा पनि ।
तिम्रो र मेरो प्रेम देखेर ।।

ध्यान राख्नु प्रिय तिम्रो आंखाको ।
कसैले पढ्न नपाओस हाम्रा सपनाहरू ।।

दुश्मन छ जमाना प्रेमीहरुको ।
हल्ला फैलाउलान चारै तिर ।।

कुरा गर्नेछन हाम्रो बारेमा ।
बनाउने छन मजाक हाम्रो सम्बन्धको ।।

लुकाएर नै राख मनका कुरालाई ।
चांदनी रातमा फेरि गरौला मनका कुरा ।।